ATM कार्ड घुसाउनुहोस्
आफ्नो भाषा चयन गर्नुहोस्
4- अङ्कको गोप्य पिन नम्बर प्रविष्ट गर्नुहोस्। त्यसपछि स्विकार्नुहोस् थिच्नुहोस्।
"जम्मा गर्नुहोस्" बटन थिच्नुहोस्
रसीद छाप्ने कार्य चयन गर्न "हो" बटन थिच्नुहोस्
नगदलाई CDM नगद स्लटमा घुसाउनुहोस्
जम्मा गर्ने रकम सही छ कि छैन भनेर जाँच्नुहोस् र त्यसपछि निश्चित गर्न "स्विकार्नुहोस्" बटन थिच्नुहोस्
तपाईंको कारोबार पूरा भएपछि, कारोबार समाप्त गर्न "होइन" बटन थिच्नुहोस्
कृपया आफ्नो ATM कार्डलाई यन्त्रबाट निकाल्न नबिर्सनुहोस्।
कृपया यन्त्रबाट आफ्नो रसीद लिन नबिर्सनुहोस्।
अवश्य – सिघ्र भुक्तान प्रणालीमा एक पटक दर्ता भईसकेपछि¸ तपाईंको एनसीबी एटीएम कार्डको प्रयोग गरी सिघ्र भुक्तान मार्फत पैसा पठाउन सकिन्छ।
सकिन्छ – एनसीबीका २००० भन्दा बढी एटीएम प्रयोग गरी देशभरबाट पैसा पठाउन सकिन्छ।
मिल्दैन।
सिघ्र भुक्तान केन्द्रमा गई एउटा सिघ्र भुक्तान खाता खोल्नुहोस्। यो निशुल्क उपलब्ध छ र यसका लागि ब्यालेन्सको आवश्यकता पर्दैन। यसको एटीएम, पैसा पठाउन र एनसीबीका अन्य सेवा लिनका लागि प्रयोग गर्न सकिन्छ।
यदि तपाईं एनसीबी खातावाला हुनुहुन्छ भने¸ फोन बैंकिङ वा अलहली अनलाईन वा अलहली मोबाईल प्रयोग गरी जुनसुकै समयमा पनि पैसा पठाउन सक्नुहुनेछ। ९२०००१००० र ९२००००३३० मा फोन गरेर फोन बैंकिङ सेवा सुचारु गर्नु सक्नुहुनेछ वा एनसीबीको शाखा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
अवश्य – अलहली अनलाईन¸ अलहली मोबाईल र फोन बैंकिङ प्रयोग गरिएको ठाउँबाट पैसा पठाउन सकिन्छ। अन्तर्राष्ट्रिय कल मार्फत सिघ्र भुक्तान सेवा लिनका लागि +९६६ १४७६ १३६० डायल गर्नुहोस् र स्थानिय कलका लागि ९२००००३३० डायल गर्नुहोस्।
एनसीबी चल्ती खातावालाको हकमा¸ एक महिनामा जम्मा १¸००¸००० साउदी रियाल पठाउन सकिन्छ। एकमुष्ट रकम एकैपटक होस् वा पटक पटक गरी यति पैसा पठाउन सकिन्छ र पैसा पाउने देशको नियम पनि पालना गरिनेछ। कुनै देशमा एक पटकमा १०¸००० अमेरिकी डलर वा सो को हुन आउने स्थानीय मुद्रा विनिमय मात्र पठाउन पाईने नियम छ। कुन देशमा कति पैसा पठाउन पाईन्छ भन्ने सहि सूचनाका लागि ९२००००३३० मा फोन गर्नुहोस्।
देश अनुसार मुद्रा विनिमय दर फरक पर्न जान्छ¸ र दिनमा न्युनतम एक पटक यो दर परिवर्तन हुन्छ। कारोबार गर्नु अघि सहि विनिमय दर थाहा पाउन ९२००००३३० मा फोन गर्नुहोस् वा एटीएम¸ अलहली अनलाईन वा अलहली मोबाईलमा सम्पर्क गरी थाहा पाउन सकिन्छ।
एटीएम¸ अलहली अनलाईन¸ अलहली मोबाईल वा फोन बैंकिङ मार्फत गरिएको कारोबारमा प्रतिक्रिया स्वरुप पैसा पठाउने प्रक्रिया सफल भएको सूचनाका रुपमा QPAY(१२ अंकको नम्बर) उल्लेख भएको रसिद वा फोन बैंकिङ कारोबार भएको खण्डमा एउटा भ्वाईस मेसेज प्राप्त हुनेछ।
अलहली अनलाईनमा भएको कारोबार रसिद प्रिन्ट गर्न सकिन्छ वा ९२००००३३० मा फोन गरी पछिल्ला ७ वटा कारोबारको संदर्भ नम्बर प्राप्त गर्न सकिन्छ।