Sign In
    Home Home

    प्रेषक दर्ता र हकवाला उल्लेख गर्ने सम्बन्धमाप्रेषक दर्ता र हकवाला उल्लेख गर्ने सम्बन्धमा

    सबै लुकाउनुहोस्सबै देखाउनुहोस्
    • के कुनै एनसीबी खातावाला व्यक्तिले दर्ता नभई सिघ्र भुक्तान सेवा लिन सक्छ?

      ​सक्दैन - एनसीबी खातावाला व्यक्तिले पहिले प्रेषकका रुपमा दर्ता हुनै पर्छ र ९२००००३३० मा फोन गरेर हकवाला  उल्लेख गराउनु पर्नेछ¸ वा अलहली अनलाईनमा दर्ता हुनु पर्नेछ। ​​​

    • के एनसीबी खातावाला व्यक्तिले सिघ्र भुक्तान केन्द्रको सिघ्र भुक्तान सेवामा दर्ता गर्न सक्छन्?

      ​अवश्य –  सम्पूर्ण सिघ्र भुक्तान सेवा केन्द्रहरुले सिघ्र भुक्तान सेवा र एनसीबी ग्राहकहरुको हकवाला व्यक्ति दर्ता गराई सेवा सुचारु गराउन सक्छन्। ​​​

    • के म विभिन्न देशमा भएका विभिन्न व्यक्तिलाई हकवालाका रुपमा दर्ता गराउन सक्छु?

      ​सकिन्छ – तर प्रेषकको व्यक्तिगत चिनजान भएको व्यक्तिलाई नै हकवाला बनाउन एनसीबी जोड दिन्छ। ​​​​

    • के म विभिन्न वितरण प्रणालीमा एउटै नाम दर्ता गराउन सक्छ्?

      ​अवश्य ।​​​

    • के म अलहली अनलाईन मार्फत अरबी भाषामा सिघ्र भुक्तान प्रेषक दर्ता र हकवाला उल्लेख गर्ने प्रक्रिया पूरा गर्न सक्छु?

      ​हुँदैन –  सम्पूर्ण फारमहरु अंग्रेजी भाषामा भर्नुपर्ने हुन्छ। ​​​

    • मलाई अरबी भाषामा भएका सूचनाहरु अंग्रेजीमा अनुवाद गर्न आउँदैन¸ म के गरौं?

      ​​दर्ता भएको तपाईंको फोन बैंकिङ नम्बरबाट ९२००००३३० मा फोन गर्नुहोस्। सिघ्र भुक्तान मा विभिन्न भाषा बुझ्ने र बोल्ने कर्मचारीहरु छन्¸ वा

      नजिकको सिघ्र भुक्तान केन्द्रमा जानुहोस् र ग्राहक सेवा प्रतिनिधीको सहयोग लिनुहोस्।

    • थप हकवालाहरुलाई कसरी उल्लेख वा दर्ता गराउने?

      ​९२००००३३० मा फोन गरेर¸ वा अलहली मोबाईल मार्फत अनलाईन सेवाको माध्यमबाट वा सिघ्र भुक्तान केन्द्रमा गई तपाईंले ईच्छाएको व्यक्तिलाई आफ्नो हकवाला दर्ता गराउन सक्नुहुन्छ। ​​​

    • दर्ता फारममा उल्लेख गरिएका विवरणहरु प्रमाणिकरण गर्न किन आवश्यक छ?

      ​सिघ्र भुक्तान कल सेन्टरका एजेन्ट वा ग्राहक सेवा प्रतिनिधीहरुलाई तपाईंले दिनु भएको सूचना तपाईंको रेमिट्यान्स कारोबारको आधार बन्दछ। तपाईंले दिनुभएको गलत सूचनाले¸ तपाईंको कारोबारमा ढिलाई वा सेवाग्राही बैंकद्वारा कारोबार अस्विकृत पनि हुन सक्छ। ​​​

    • के एनसीबी खातावाला व्यक्तिले सिघ्र भुक्तान खाता खोल्न सक्छ?

      ​मिल्दैन – यो आवश्यक पनि छैन। एनसीबी एटीएम¸ अलहली अनलाईन¸ अलहली मोबाईल र अलहली फोन बैंकिङ मार्फत एनसीबी खाता भएका व्यक्तिहरुले सजिलै सिघ्र भुक्तान सेवा लिन सक्नेछन्।​​​

    • के जो कोहीले पनि सिघ्र भुक्तान खाता खोल्न सक्छन्?

      ​अवश्य - वैध ईकामामा भएका व्य​क्तिले सिघ्र भुक्तान खाता खोल्न सक्नेछन्।​

    पैसा पठाउने सम्बन्धमा पैसा पठाउने सम्बन्धमा

    सबै लुकाउनुहोस्सबै देखाउनुहोस्
    • के म मेरो एनसीबी चल्ती खाताको एटीएम कार्ड प्रयोग गरेर पैसा पठाउन सक्छु?

      ​अवश्य – सिघ्र भुक्तान प्रणालीमा ​​एक पटक दर्ता भईसकेपछि¸ तपाईंको एनसीबी एटीएम कार्डको प्रयोग गरी सिघ्र भुक्तान मार्फत पैसा पठाउन सकिन्छ। ​​​

    • सिघ्र भुक्तान केन्द्रको एटीएमबाहेक एनसीबीको एटीएमबाट पैसा पठाउन सकिन्छ?

      ​सकिन्छ – एनसीबीका २००० भन्दा बढी एटीएम प्रयोग गरी देशभरबाट पैसा पठाउन सकिन्छ। ​​​

    • के म अन्य बैंकका एटीएमबाट पैसा पठाउन सक्छु?

      ​मिल्दैन।​​​​​

    • एनसीबी खाता नभएको खण्डमा म कसरी पैसा पठाउन सक्छु?

      ​सिघ्र भुक्तान केन्द्रमा गई एउटा सिघ्र भुक्तान खाता खोल्नुहोस्। यो निशुल्क उपलब्ध छ र यसका लागि ब्यालेन्सको आवश्यकता पर्दैन। यसको एटीएम, पैसा पठाउन र एनसीबीका अन्य सेवा लिनका लागि प्रयोग गर्न सकिन्छ।​​

    • मेरो घर वा कार्यालय छेउमा कुनै एटीएम छैन र मेरो कार्यालय समयमा बैंकमा गई पैसा पठाउन समय मिल्दैन।

      ​यदि तपाईं एनसीबी खातावाला हुनुहुन्छ भने¸ फोन बैंकिङ वा अलहली अनलाईन वा अलहली मोबाईल प्रयोग गरी जुनसुकै समयमा पनि पैसा पठाउन सक्नुहुनेछ। ९२०००१००० र ९२००​००३३० मा फोन गरेर फोन बैंकिङ सेवा सुचारु गर्नु सक्नुहुनेछ वा एनसीबीको शाखा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।

    • काम विशेषले म देशका विभिन्न ठाउँमा र देशबाहिर पनि जानुपर्ने हुन्छ। के म देशबाहिर भएको बेला वा सिघ्र भुक्तान केन्द्रबाट टाढा भएको अवस्थामा पनि सिघ्र भुक्तान सेवा लिन सक्छु ?

      अवश्यअलहली अनलाईन¸ अलहली मोबाईल र फोन बैंकिङ प्रयोग गरिएको ठाउँबाट पैसा पठाउन सकिन्छ। अन्तर्राष्ट्रिय कल मार्फत सिघ्र भुक्तान सेवा लिनका लागि +९६६ १४७६ १३६० डायल गर्नुहोस् र स्थानिय कलका लागि ९२००००३३० डायल गर्नुहोस्।​​​

    • एक पटकमा कति पैसा पठान सकिन्छ?

      ​एनसीबी चल्ती खातावालाको हकमा¸ एक महिनामा जम्मा १¸००¸००० साउदी रियाल पठाउन सकिन्छ। एकमुष्ट रकम एकैपटक होस् वा पटक पटक गरी यति पैसा पठाउन सकिन्छ र पैसा पाउने देशको नियम पनि पालना गरिनेछ। कुनै देशमा एक पटकमा १०¸००० अमेरिकी डलर वा सो को हुन आउने स्थानीय मुद्रा विनिमय मात्र पठाउन पाईने नियम छ। कुन देशमा कति पैसा पठाउन पाईन्छ भन्ने सहि सूचनाका लागि ९२००००३३० मा फोन गर्नुहोस्। ​​

    • मुद्रा विनिमय दर कति छ?

      ​देश अनुसार मुद्रा विनिमय दर फरक पर्न जान्छ¸ र दिनमा न्युनतम एक पटक यो दर परिवर्तन हुन्छ। कारोबार गर्नु अघि सहि विनिमय दर थाहा पाउन ९२००००३३० मा फोन गर्नुहोस् वा एटीएम¸ अलहली अनलाईन वा अलहली मोबाईलमा सम्पर्क गरी थाहा पाउन सकिन्छ।​​​

    • कारोबार पूर्ण भएको मैले कसरी थाहा पाउँछु वा कसरी थाहा पाउने?

      ​एटीएम¸ अलहली अनलाईन¸ अलहली मोबाईल वा फोन बैंकिङ मार्फत गरिएको कारोबारमा प्रतिक्रिया स्वरुप पैसा पठाउने प्रक्रिया सफल भएको सूचनाका रुपमा QPAY(१२ अंकको नम्बर) उल्लेख भएको रसिद वा फोन बैंकिङ कारोबार भएको खण्डमा एउटा भ्वाईस मेसेज प्राप्त हुनेछ। ​​​

    • कारोबार संदर्भ नम्बर नपाएमा वा कारोबार गरिएको रसिद हराएमा के गर्ने?

      ​अलहली अनलाईनमा भएको कारोबार रसिद प्रिन्ट गर्न सकिन्छ वा ९२००००३३० मा फोन गरी पछिल्ला ७ वटा कारोबारको संदर्भ नम्बर प्राप्त गर्न सकिन्छ। ​​​

    पैसा पाउने सम्बन्धमा पैसा पाउने सम्बन्धमा

    सबै लुकाउनुहोस्सबै देखाउनुहोस्
    • पठाईएको पैसा पाउन हकवाला व्यक्तिले के कति शुल्क बुझाउनु पर्छ?

      ​पर्दैन – सिघ्र भुक्तानलाई पठाउने व्यक्तिले बुझाएको शुल्कभित्रै सेवा शुल्क पनि काटिने छ। जुनसुकै सिघ्र भुक्तान साझेदार संस्थाबाट पैसा प्राप्त गर्दा जति पैसा पठाईएको हो त्यति नै ह​​कवाला व्यक्तिले पाउने छ। ​

    • हकवाला व्यक्तिले पैसा आएको वा पठाएको पैसा लिन जानेबारे कसरी थाहा पाउने छ?

      ​सामान्तया¸ हकवाला व्यक्तिलाई पैसा पठाएको सूचना दिनु प्रेषकको जिम्मेवारी हो। तर केही सेवाग्राही बैंकहरुले हकवाला व्यक्तिलाई एसएमएस पठाएर कारोबारबारे जानकारी गराउने गरेको पाईन्छ। ​​

    • हकवाला व्यक्तिले नै पैसा पाएको प्रेषकले कसरी थाहा पाउने?

      ​सेवाग्राही बैंकले सिघ्र भुक्तान प्रणालीमा उल्लेख भएका हकवाला व्यक्तिले पैसा पाएको सुनिश्चित गरेपछि प्रेषकलाई एउटा एसएमएस मार्फत पैसा उपलब्ध गराईएको जानकारी गराईनेछ (यसका लागि ९२००००३३० मा फोन गरी सेवा सुचारु गर्नु पर्नेछ)। प्रेषकले कारोबारको प्रक्रिया फोन बैंकिङ मार्फत वा अलहली अनलाईन वा अलहली मोबाईलबाट पनि जानकारी लिन सक्नेछन्।​​

    • पैसा पाउने कोड नम्बरहरु
      • सिघ्र भुक्तान मार्फत गरिएको कारोबारमा नगद पाउने कोड "QPAY"  बाट शुरु हुन्छ र यो १२ अंक भएको संदर्भ कोड हुनेछ। यो कारोबारको संदर्भ नम्बर पनि हो।

      • मनिग्रामबाट पैसा लिनका लागि ८ अंकको कोड उपलब्ध हुनेछ।​​​