Sign In
    Home Home

    ​​

    2019 වසරේදී අපි පිරිනමන නව දීමනා සඳහා රැඳී සිටින්න.​

    कसरी पत्ता लगाउनुहोस्

      प्राय सोधिने प्रश्नहरुप्राय सोधिने प्रश्नहरु

      सबै लुकाउनुहोस्सबै देखाउनुहोस्
      • के म मेरो एनसीबी चल्ती खाताको एटीएम कार्ड प्रयोग गरेर पैसा पठाउन सक्छु?

        ​अवश्य – सिघ्र भुक्तान प्रणालीमा ​​एक पटक दर्ता भईसकेपछि¸ तपाईंको एनसीबी एटीएम कार्डको प्रयोग गरी सिघ्र भुक्तान मार्फत पैसा पठाउन सकिन्छ। ​​​

      • सिघ्र भुक्तान केन्द्रको एटीएमबाहेक एनसीबीको एटीएमबाट पैसा पठाउन सकिन्छ?

        ​सकिन्छ – एनसीबीका २००० भन्दा बढी एटीएम प्रयोग गरी देशभरबाट पैसा पठाउन सकिन्छ। ​​​

      • के म अन्य बैंकका एटीएमबाट पैसा पठाउन सक्छु?

        ​मिल्दैन।​​​​​

      • एनसीबी खाता नभएको खण्डमा म कसरी पैसा पठाउन सक्छु?

        ​सिघ्र भुक्तान केन्द्रमा गई एउटा सिघ्र भुक्तान खाता खोल्नुहोस्। यो निशुल्क उपलब्ध छ र यसका लागि ब्यालेन्सको आवश्यकता पर्दैन। यसको एटीएम, पैसा पठाउन र एनसीबीका अन्य सेवा लिनका लागि प्रयोग गर्न सकिन्छ।​​

      • मेरो घर वा कार्यालय छेउमा कुनै एटीएम छैन र मेरो कार्यालय समयमा बैंकमा गई पैसा पठाउन समय मिल्दैन।

        ​यदि तपाईं एनसीबी खातावाला हुनुहुन्छ भने¸ फोन बैंकिङ वा अलहली अनलाईन वा अलहली मोबाईल प्रयोग गरी जुनसुकै समयमा पनि पैसा पठाउन सक्नुहुनेछ। ९२०००१००० र ९२००​००३३० मा फोन गरेर फोन बैंकिङ सेवा सुचारु गर्नु सक्नुहुनेछ वा एनसीबीको शाखा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।

      • काम विशेषले म देशका विभिन्न ठाउँमा र देशबाहिर पनि जानुपर्ने हुन्छ। के म देशबाहिर भएको बेला वा सिघ्र भुक्तान केन्द्रबाट टाढा भएको अवस्थामा पनि सिघ्र भुक्तान सेवा लिन सक्छु ?

        अवश्यअलहली अनलाईन¸ अलहली मोबाईल र फोन बैंकिङ प्रयोग गरिएको ठाउँबाट पैसा पठाउन सकिन्छ। अन्तर्राष्ट्रिय कल मार्फत सिघ्र भुक्तान सेवा लिनका लागि +९६६ १४७६ १३६० डायल गर्नुहोस् र स्थानिय कलका लागि ९२००००३३० डायल गर्नुहोस्।​​​

      • एक पटकमा कति पैसा पठान सकिन्छ?

        ​एनसीबी चल्ती खातावालाको हकमा¸ एक महिनामा जम्मा १¸००¸००० साउदी रियाल पठाउन सकिन्छ। एकमुष्ट रकम एकैपटक होस् वा पटक पटक गरी यति पैसा पठाउन सकिन्छ र पैसा पाउने देशको नियम पनि पालना गरिनेछ। कुनै देशमा एक पटकमा १०¸००० अमेरिकी डलर वा सो को हुन आउने स्थानीय मुद्रा विनिमय मात्र पठाउन पाईने नियम छ। कुन देशमा कति पैसा पठाउन पाईन्छ भन्ने सहि सूचनाका लागि ९२००००३३० मा फोन गर्नुहोस्। ​​

      • मुद्रा विनिमय दर कति छ?

        ​देश अनुसार मुद्रा विनिमय दर फरक पर्न जान्छ¸ र दिनमा न्युनतम एक पटक यो दर परिवर्तन हुन्छ। कारोबार गर्नु अघि सहि विनिमय दर थाहा पाउन ९२००००३३० मा फोन गर्नुहोस् वा एटीएम¸ अलहली अनलाईन वा अलहली मोबाईलमा सम्पर्क गरी थाहा पाउन सकिन्छ।​​​

      • कारोबार पूर्ण भएको मैले कसरी थाहा पाउँछु वा कसरी थाहा पाउने?

        ​एटीएम¸ अलहली अनलाईन¸ अलहली मोबाईल वा फोन बैंकिङ मार्फत गरिएको कारोबारमा प्रतिक्रिया स्वरुप पैसा पठाउने प्रक्रिया सफल भएको सूचनाका रुपमा QPAY(१२ अंकको नम्बर) उल्लेख भएको रसिद वा फोन बैंकिङ कारोबार भएको खण्डमा एउटा भ्वाईस मेसेज प्राप्त हुनेछ। ​​​

      • कारोबार संदर्भ नम्बर नपाएमा वा कारोबार गरिएको रसिद हराएमा के गर्ने?

        ​अलहली अनलाईनमा भएको कारोबार रसिद प्रिन्ट गर्न सकिन्छ वा ९२००००३३० मा फोन गरी पछिल्ला ७ वटा कारोबारको संदर्भ नम्बर प्राप्त गर्न सकिन्छ। ​​​